News Category 2077/12/25
नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
नेपाल पत्रकार महासंघको आज देशै भरि संघीय संरचना अनुसार तीनै तहमा निर्वाचन हुदैछ ।
पत्रकार महासंघको इतिहासमै एकै दिन आज संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन हुन गइरहेको छ । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा मुख्यत नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गर्ने भएको छ ।
कुल एक सय मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरीमा पनि यसै दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । श्रवण कुमार देव नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस संगठन तथा मनोहर पोखरेल नेतृत्वको प्रेस चौतारी र प्रेस मञ्चबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
श्रवण देव नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विनयलाल कर्ण, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा सतिश दत्त, सहसचिवमा कृष्णदेव यादव, समावेशी सहसचिवमा गोपाल प्रसाद गुप्ता, कोषाध्यक्षमा नवीनकुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा अरुण कुमार यादव, दिनानाथ यादव, रामनारायण यादव, बिन्दु कुमार यादव, आदिवासी जनजाती सदस्यमा महेन्द्र मण्डल बनवारी, मेधशी सदस्यमा परिष कुमार कर्ण, अन्य समावेशीमा महेश्वर भारतीको उम्मेदवारी परेको छ ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा देवराम यादव र मनोकुमार माझी तथा प्रदेश परिषद् सदस्यमा अनिल पोखरेल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, निरज कुमार मण्डल, पवन कुमार मिश्र र शिवनारायण साह रहेका छन् ।
त्यस्तै मनोहर पोखरेलले नेतृत्वको प्यानलबाट उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा पार्वतीकुमारी सिंह, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दनकुमार यादव, समावेशी सहसचिवमा डम्बर राई, कोषाध्यक्षमा शुभचन्द्र झा तथा सुल्ला सदस्यहरुमा खगेन्द्र कार्की, गंगाप्रसाद साह, राजेन्द्र कुमार मिश्र र विद्यानन्द रामले प्रतिष्पर्धा गर्दै छन् ।
यसैगरि महिला सदस्यमा रश्मी झा, दलित सदस्यमा राजकुमार पासवान, आदिवासी जनजाती सदस्यमा कृष्णकुमार मण्डल, मधेशी सदस्यमा धर्मपाल राउतले उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय परिषद्मा ढमला भट्टराई, शुभनारायण यादव र सुखराम यादव तथा प्रदेश पार्षदमा आनन्द मोहन शर्मा, उत्तम आचार्य, देवेन्द्र मिश्र, दिनेश शर्मा, मधेशीतर्फ रामअधिन साह, महिलातर्फ बिन्दु भट्टराई र आदिवासी जनजातीमा बृजमान तामाङ रहेका छन् ।
यता स्वतन्त्र रुपमा महिला उपाध्यक्षमा रक्षा कुमारी चौधरी र खुल्ला सदस्यमा भोलारमण उप्रेतीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए ।
यसैबीच महिला सदस्य रश्मी झा र दलित सदस्य राजकुमार पासवानमा निर्विरोध चयन भएको निर्वाचन अधिकृत झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ