News Category 2077/12/27
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेस युनियन र प्रेस संगठनका साझा उम्मेदवार श्रवणकुमार देव निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्ष देवले ५२ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रेस मञ्च र प्रेस चौतारीका साझा उम्मेदवार मनोहर पोखरेलले ४५ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएका छन् ।
यसैगरि दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएको निर्वाचन समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए । उनका अनुसार चार जना सदस्यहरुको मत बराबर रहेकोले गोलाप्रथाबाट एक जनालाई निर्वाचित गरिने जानकारी दिए ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भएका छन् ।
महासंघ सप्तरी शाखामा कुल एक सय मतदाता रहेकोमा जम्मा ९८ मत खसेको निर्वाचन समिति संयोजक झाले जानकारी दिए ।
पत्रकार महासंघको इतिहासमै एकै दिन बुधबार संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन सम्पन्न भएको हो । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ