News Category 2077/12/28
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमिति सदस्यमा गोलाप्रथाबाट प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका उम्मेदवार खगेन्द्र कार्की चुनिएका छन् ।
बिहीबार सम्पन्न मतगणनाका क्रममा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदबार रामनारायण यादव र बिन्दु यादव तथा प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका गंगाप्रसाद साह र खगेन्द्र कार्कीले बराबर ४४/४४ मत ल्याएका थिए ।
यस सम्बन्धमा शुक्रबार निर्वाचन समितिले दुबै पक्षका उम्मेदवारलाई राखेर गोलाप्रथाबाट नतिजा टुङ्गयाएको हो । सदस्य चयनका लागि गरिएको गोलाप्रथामा कार्कीले बाजी मारे ।
यस अघि बिहीबारै सभापति पदमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदवार श्रवण देव बिजयी भएका छन् । उनी निकटत्तम प्रतिद्वन्दी मनोहर पोखरेल भन्दा ७ मत बढी ल्याएर सभापति पदमा देव बिजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भए । दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएका हुन् ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ