News Category 2077/12/28
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमिति सदस्यमा गोलाप्रथाबाट प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका उम्मेदवार खगेन्द्र कार्की चुनिएका छन् ।
बिहीबार सम्पन्न मतगणनाका क्रममा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदबार रामनारायण यादव र बिन्दु यादव तथा प्रेस मञ्च र प्रेस चौतारी गठबन्धनका गंगाप्रसाद साह र खगेन्द्र कार्कीले बराबर ४४/४४ मत ल्याएका थिए ।
यस सम्बन्धमा शुक्रबार निर्वाचन समितिले दुबै पक्षका उम्मेदवारलाई राखेर गोलाप्रथाबाट नतिजा टुङ्गयाएको हो । सदस्य चयनका लागि गरिएको गोलाप्रथामा कार्कीले बाजी मारे ।
यस अघि बिहीबारै सभापति पदमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदवार श्रवण देव बिजयी भएका छन् । उनी निकटत्तम प्रतिद्वन्दी मनोहर पोखरेल भन्दा ७ मत बढी ल्याएर सभापति पदमा देव बिजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भए । दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएका हुन् ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ