News Category 2071/03/05
अदालतको आदेशको अपहेलना फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौं पठाइयो
दैनिक संवाददाता
राजविराज, ४ असार ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बुधबार रात्रि बसबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।
बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दामा पोर्ताहा गाविस १ का मो.ं अब्दुल रहमानलाई राजविराज–५ रुपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट राति ७ः१५ बजे न्यू पुजा डिलक्स बसमा चढाई काठमाडौं पठाइएको उनका बुवा इसराइल मियाँले जानकारी दिनुभएको छ । बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मंगलबार गरेको आदेशअनुरुप उनलाई बुधबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले हिरासतमा राखेको भन्दै रहमानको हकमा उनका बुवा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।
रिट आदेशमा अदालतले बुधबार म्याद सूचना पाएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा म्याद सूचना जारी गरेको छ ।
रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु नविन सिंह, समिम अख्तर अली, महेन्द्र चौधरी, नवराज क्षेत्री, श्यामनारायण साहले बहस गर्नुभएको थियो ।
अधिवक्ता अलीका अनुसार पुनरावेदन अदालतको आदेशसहित निवेदनको प्रतिलिपी बुधबार ४ः३० बजे जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
नागरिक दैनिकमा छापिएको ‘सप्तरीमा सुध्रिँदो सुरक्षा’ नामक समाचारको कटिंग फेसबुकमा गत जेठ १७ गते पोष्ट भएको थियो । सोही शिर्षकको समाचार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले ‘‘के को सुध्रिुनु आफ्नै चोरी भएको बाइक फिर्काउन पैसा तिर्नु परिरहेछ । त्यो पनि ५० हजार ।’’ भन्ने प्रतिक्रिया रहमानले लेखेका थिए ।
प्रहरीले प्रतिक्रिया लेख्ने रहमानविरुद्ध गत जेठ १९ गते बिधुतिय कारोबार ऐन विपरितको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेश गरेको थियो । राजविराज–३ मा जुत्ता–चप्पलका थोक बिक्रेता रहमानलाई पसल अगाडिबाट जेठ १८ गते दिउँसो १ बजे पक्राउ गरेको उनका बुवा इसराइलले बताउनु भयो ।
रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पिडा सुनाएको आधारमा आफुले त्यस्तो प्रतिक्रिया लेखेपनि कसैको नाम अंकित नगरेकोले सामान्य ढंगले लिन आग्रह गर्दै आएका थिए ।
स्मरण रहोस् गत जेठमै गृहमन्त्री वामदेव गौतमविरुद्ध कमेन्ट लेख्ने इलाका प्रशासन कार्यालय लहानका प्रमुख राजुप्रसाद साहलाई प्रहरीले पक्राउ गरी तीन दिनमै छाडिदिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ