News Category 2071/03/05
अदालतको आदेशको अपहेलना फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौं पठाइयो
दैनिक संवाददाता
राजविराज, ४ असार ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बुधबार रात्रि बसबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।
बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दामा पोर्ताहा गाविस १ का मो.ं अब्दुल रहमानलाई राजविराज–५ रुपनी मोडस्थित अस्थायी ट्राफिक पोस्टबाट राति ७ः१५ बजे न्यू पुजा डिलक्स बसमा चढाई काठमाडौं पठाइएको उनका बुवा इसराइल मियाँले जानकारी दिनुभएको छ । बिद्युतिय कारोबार ऐन विपरितको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले मंगलबार गरेको आदेशअनुरुप उनलाई बुधबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले हिरासतमा राखेको भन्दै रहमानको हकमा उनका बुवा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।
रिट आदेशमा अदालतले बुधबार म्याद सूचना पाएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा म्याद सूचना जारी गरेको छ ।
रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु नविन सिंह, समिम अख्तर अली, महेन्द्र चौधरी, नवराज क्षेत्री, श्यामनारायण साहले बहस गर्नुभएको थियो ।
अधिवक्ता अलीका अनुसार पुनरावेदन अदालतको आदेशसहित निवेदनको प्रतिलिपी बुधबार ४ः३० बजे जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
नागरिक दैनिकमा छापिएको ‘सप्तरीमा सुध्रिँदो सुरक्षा’ नामक समाचारको कटिंग फेसबुकमा गत जेठ १७ गते पोष्ट भएको थियो । सोही शिर्षकको समाचार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति उनले ‘‘के को सुध्रिुनु आफ्नै चोरी भएको बाइक फिर्काउन पैसा तिर्नु परिरहेछ । त्यो पनि ५० हजार ।’’ भन्ने प्रतिक्रिया रहमानले लेखेका थिए ।
प्रहरीले प्रतिक्रिया लेख्ने रहमानविरुद्ध गत जेठ १९ गते बिधुतिय कारोबार ऐन विपरितको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा गत सोमबार पेश गरेको थियो । राजविराज–३ मा जुत्ता–चप्पलका थोक बिक्रेता रहमानलाई पसल अगाडिबाट जेठ १८ गते दिउँसो १ बजे पक्राउ गरेको उनका बुवा इसराइलले बताउनु भयो ।
रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पिडा सुनाएको आधारमा आफुले त्यस्तो प्रतिक्रिया लेखेपनि कसैको नाम अंकित नगरेकोले सामान्य ढंगले लिन आग्रह गर्दै आएका थिए ।
स्मरण रहोस् गत जेठमै गृहमन्त्री वामदेव गौतमविरुद्ध कमेन्ट लेख्ने इलाका प्रशासन कार्यालय लहानका प्रमुख राजुप्रसाद साहलाई प्रहरीले पक्राउ गरी तीन दिनमै छाडिदिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ