News Category 2077/12/30
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न माओवादी केन्द्रको माग
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले जिल्लामा देखिएका विभिन्न बिृकती, बिसंगतिलाई समेटेर विभिन्न ९ बुँदे माग अघि सार्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट माओवादी केन्द्र सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल नेतृत्वको जुलुसले मागसहितको सो ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।
बुझाइएको ज्ञापनमा कोशी ब्यारेज निर्माणको समयमा भारत सरकारसँग भएको पीडित किसानलाई मुआब्जा दिने सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखा, आन्तरिक राजश्व कार्यालय लगायतका सरकारी अडहरुमा भिडभाड नियन्त्रण गरी छिटो छरितो सेवा लागु गर्न माग समेत गरिएको छ ।
अडहरुमा बिचौलिया र दलालहरुको प्रभावलाई नियन्त्रण गरि भ्रष्टाचार उन्मुलन गराउन तथा सेवाग्राहीसँग सम्बन्धीत निकायले सूचना प्रवाह गर्दा निकायका बेनती व्यक्तित्वबाट सभ्य भाषा प्रयोग गर्न लगाउन माग पनि गरिएको छ ।
यस्तै स्थानिय पालिकाहरुले गरेको बजेट बिनियोजन, खर्च गर्ने बिधी, खरीद बिक्रि लगायतका सम्पूर्ण कामकाजलाई कडाईका साथ सूचना प्रवाह, स्थानिय पालिका लगायतका सेवा प्रवाह गर्ने निकायले आफ्नो वेवसाइट अपडेट राख्न लगाउने तथा सिचाईसँग आवद्ध कोशी पम्प नहर लगायतका निकायले किसानको माग अनुसार पानी बितरण गर्न लगाउन माग गरिएको छ ।
कोभिड १९ को बेला भएको खर्चको आय ब्यय प्रस्तुत गर्न तथा प्रमुख जिल्ला अधिकारीको मातहतमा सर्वपक्षीय, सर्वदलिय अनुगमन समिति गठन गरी मासिक रुपमा छड्के प्रणाली अवलम्बन गरी निगरानी गर्न माँग गरिएको छ ।
सो ज्ञापनपत्र बुझ्दै प्रशासीकय अधिकृत किशोर रामले प्रमुख जिल्ला अधिकारीलाई माग बारे जानकारी गराउने र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा माओवादी केन्द्रका प्रदेश सदस्य महेश प्रसाद यादव, छेदी रजक, जयप्रकाश यादव लगायतका नेता कार्यकर्ताहरुहको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ