News Category 2077/12/30
किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरू भईसकेको बताएका छन ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समितिको १० औ जिल्ला अधिवेशनको सोमबार राजविराजमा उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन् ।
प्रत्येक जिल्लाबाट किसानहरूको सुचिकृत गरी परिचयपत्र बितरणपछि बर्गिकरण अनुसार अनुदान दिने योजना रहेको उल्लेख गर्दै प्रदेश २ का जनता ८० प्रतिशत कृषिमा अत्मनिर्भर रहेकोले कृषिमा लगानी सँगै किसानको ब्यवसायलाई सुरक्षित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
मंन्त्री साहले प्रदेश २ का ८ वटै जिल्लामा किसानलाई सहुलितका लागि पशुजनलाई सुरक्षित राख्न पशु एम्बुलेन्स उपलब्ध गराउने समेत बताए । एक वडा एक प्राबिधिक राख्ने योजना रहेकोले पशुजनको सुरक्षा र किसानको समस्यालाई समाधान गर्न किसानको लगानीको ग्यारेन्टी गर्ने जिम्मा राज्यको रहेको उनको भनाई छ ।
यस पटकको बजेटमा कृषिमा सबै भन्दा बढी बजेट छुट्याउने योजना रहेकोले किसानको समृद्वि बिना प्रदेशको समृद्वि हुन नसक्ने भन्दै मन्त्री साहले प्रदेश २ को समृद्वि बिना मुलुकको समृद्वि हुन नसक्ने जिकिर समेत गरे ।
सो अवसरमा नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले किसान सुरक्षित भए कृषि पेशा सुरक्षित हुने भएकाले किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखेर पशुधन सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
किसानलाई सहुलियत दरमा ऋण उपलब्ध, कृषि, पशुको बिमा, एक गाउँ एक प्राबिधिक, सरकारी अनुदान तथा सरकारी संयन्त्रण किसानको पहुँच बढाई किसानको पेशालाई सुरक्षित बनाउनु अति आबश्यक रहेको उनको भनाई छ ।
किसानको सेवा, पशु धनको सुरक्षितको लागि दरबन्दी कायम गर्नुको साथै निजि क्षेत्रका लागी प्रयोगशाला, पशु बिमा अभिकर्ताको तालिमका कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड समेत दिए ।
यसैगरी नेपाल पाराभेटेरिनरी एण्ड लाईफस्टक एशोसिएशन प्रदेश २ का संयोजक प्रमेश्वर यादबले पशुजन उत्पादन, पशुको बिकास र पशुको स्वास्थमा पहँुच बढाउनु पर्नेमा जोड दिए । उनले कृषकलाई सेवा पुर्याउने लक्ष्य लिएको नेभ्ला संस्थाले पशुपालन, कृषकलाई राज्यबाट सुविधा, बृद्वि बिकासका लागि एक गाउँ एक प्राबिधिक राख्न महत्वपुर्ण कार्य गर्दै आएको बताए ।
बद्री नारायण मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष रामप्रसाद मेहता, प्रदेश १ नेभ्लाका संयोजक योगेन्द्र यादब, निजामति कर्मचारी संघ जिल्ला अध्यक्ष रामनारायण महतो, राजबिराज भेटेरिनरी बिज्ञ केन्द्रका डा. प्रभाष झा, निजामति अधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष अजय झा, नेभ्लाका केन्द्रिय सदस्य सत्य नारायण चौधरी लगायतले पशुजन उत्पादन बढाउनका लागि किसानलाई अनुदान नभई जिरो प्रतिशत ब्याजमा ऋण उपलब्ध गराई पशुजन उत्पादन र बिकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समिति १० औ जिल्ला अधिवेशनबाट सोमबारै नयाँ कार्यसमिति चयन गरिने प्रदेश २ का संयोजक प्रमेश्वर यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ