News Category 2071/03/06
ठेक्केदारलाई आ“प टिप्न नदिएको आरोप
दैनिक संवाददाता
राजविराज, ५ असार ।
गाविस कार्यालयबाट आँप बंगैचाको ठेक्का लिएको ठेक्केदारलाई उपभोग गर्न नदिई प्रहरीको मिलोमतोमा सप्तरीको खड्गपुर गाविस–३ निवासी बरुण यादवले जवर्जस्ती आँप टिप्न खोजेको शम्भुनाथ नगरपालिका– ७ का स्थानियहरुले आरोप लगाएका छन् ।
पहिलाको भंगहा गाविस–३ हाल शम्भुनाथ नगरपालिका ७ का स्थानियहरुले बिहीवार कठौना बजारमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीको मिलोमतोमा खड्गपुर गाविस–३ निवासी देयनदेवी यादवको छोरा बरुण यादवले शम्भुनाथ नपा ३ स्थित भिडिया मोजेको आँपको बंगैचामा फलेको आँप ठेक्केदारलाई टिप्प नदिएको आरोप लगाउँदै स्थानियहरुले सो सम्बन्धमा प्रहरीले छलफल गर्न बोलाएर दुव्र्यवहार गरेको आरोप समेत लगाएका छन् ।
पत्रकार सम्मेलनमा स्थानिय सबुरलाल साहले भन्नुभयो–‘‘ गाविस कार्यालयबाट ठेक्का पाएर बर्षभरी आँपको बोटमा मलजल गरेको, औषधी छर्केको ठेक्केदारलाई अहिले आँप टिप्न दिएको छैन् ।”
एकातिर ठेक्का लिएको ठेक्केदारलाई आँप टिप्न दिएको छैन् भने अर्काेतिर उल्टै बरुण यादवले आफुसहित खुसीलाल दास, मुक्ति दास, मिश्री पासवानबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको साहले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार यससम्बन्धमा प्रहरीले छलफलका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा बोलाएर पनि कुनै छलफल नै नगरी एकतर्फी रुपमा बरुण यादवलाई बंगैचाँमा फलेको आँप टिप्न दिनुप¥यो भन्दै जवर्जस्ती कागजातमा सही गर्न दबाब दिएको उहाँको कथन थियो ।
गाविसले मुन्ती दासलाई २०७० सालमा बंगैचाको ठेक्का दिएको कागजात देखाउँदै ठेक्केदारलाई आँप टिप्न आफुहरुले आग्रह गर्दा समेत इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक बिजय यादवले गाविसको ठेक्काको कागजातलाई हामी मान्दैनौ, गाविसले ठेक्का लगाएको सुचना हामीलाई छैन् जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको नेपाली काँग्रेस सप्तरीका पुर्व सचिव समेत रहनुभएका साहले आरोप लगाउनुभयो ।
आँपको बंगैचामा मलजल गरेको र किटनाश औषधीहरु छर्के बापत ठेक्केदारलाई रु. ५५ हजार नगद दिने र बंगैचामा फलेको आँप बरुण यादवले टिपेर लैजाने सहमतिमा प्रहरीले जवर्जस्ती डराएर, धम्काएर ठेक्केदार लगायतका तीनसँग सही छाप गराएको स्थानियबासीहरुले बताएका छन् ।
यसैबीच प्रहरी निरीक्षक बिजय यादवले आफुहरुले कसैलाई कुनै किसिमको दुव्र्यवहार नगरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय परिसरमा छलफल भइरहेका बेला केही ब्यक्तिहरुले फोहोर शब्द प्रयोग गरेकाले सार्वजनिक स्थलमा अपशब्द गाली नगर्नुस् भन्दै सम्झाएको मात्र हो, प्रहरी निरीक्षक यादवले भन्नुभयो–‘‘ आँपको बंगैचाको सन्दर्भमा उत्पन्न बिवाद आफुले छलफलबाट टुङ्गयाउन खोजेको कुरालाई अन्यत्र मोड्न खोजेको हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
- 2082/02/21 सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
- 2082/02/20 तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
- 2082/02/20 सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
- 2082/02/20 चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ