News Category 2078/01/01
कोरोनाका त्रासकाबीच रमजान सुरु
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान नयाँ वर्षको सुरुवातसँगै बैशाख १ गते बुधबारबाट सुरु भएको छ ।
सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान सुरु गरेका छन् । रमजान महिनामा एक महिनासम्म अनिवार्य रुपले ब्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन रहेको मुश्लिम अगुवा हासिम अन्सारी बताउँछन् ।
रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य नरहेको भन्दै अर्का स्थानिय मुस्लिम अगुवा फैयाज अन्सारीले अन्य हरेक मुश्लिम समुदायका सदस्यले रोजा बस्नै पर्ने प्रचलन रहेको बताए ।
साँझ सूर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफतयार गर्ने र रमजानका अवसरमा नवाज पढ्नुका साथै गरिब गुरुवालाई आफ्ना सम्पत्तिको केही हिस्सा दान गर्ने परम्परा रहेको राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. अख्तरको भनाई छ ।
यद्दपी गत वर्ष झैं यसपल्ट पनि कोरोनाको जोखिम कायमै रहेकाले सामूहिक नवाजका क्रममा मस्जिदहरुमा सहभागि हुनेको संख्या निकै घटेको उनको भनाई छ ।
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानिय इदगाहा र मस्जिदमा पुगेर सामुहिक नवाज पढेर हर्षोउल्लासका साथ ईद मनाउने चलन रहेपनि कोरोनाको जोखिमका कारण यस पल्ट पनि उक्त पर्व फितलो हुने स्थानिय मुश्लिम अगुवाहरु बताउँछन् । रमजान महिना मुश्लिम समुदायका लागि शुभलाभको महिना मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ