News Category 2078/01/01
कोरोनाका त्रासकाबीच रमजान सुरु
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान नयाँ वर्षको सुरुवातसँगै बैशाख १ गते बुधबारबाट सुरु भएको छ ।
सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान सुरु गरेका छन् । रमजान महिनामा एक महिनासम्म अनिवार्य रुपले ब्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन रहेको मुश्लिम अगुवा हासिम अन्सारी बताउँछन् ।
रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य नरहेको भन्दै अर्का स्थानिय मुस्लिम अगुवा फैयाज अन्सारीले अन्य हरेक मुश्लिम समुदायका सदस्यले रोजा बस्नै पर्ने प्रचलन रहेको बताए ।
साँझ सूर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफतयार गर्ने र रमजानका अवसरमा नवाज पढ्नुका साथै गरिब गुरुवालाई आफ्ना सम्पत्तिको केही हिस्सा दान गर्ने परम्परा रहेको राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मो. अख्तरको भनाई छ ।
यद्दपी गत वर्ष झैं यसपल्ट पनि कोरोनाको जोखिम कायमै रहेकाले सामूहिक नवाजका क्रममा मस्जिदहरुमा सहभागि हुनेको संख्या निकै घटेको उनको भनाई छ ।
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानिय इदगाहा र मस्जिदमा पुगेर सामुहिक नवाज पढेर हर्षोउल्लासका साथ ईद मनाउने चलन रहेपनि कोरोनाको जोखिमका कारण यस पल्ट पनि उक्त पर्व फितलो हुने स्थानिय मुश्लिम अगुवाहरु बताउँछन् । रमजान महिना मुश्लिम समुदायका लागि शुभलाभको महिना मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ