News Category 2078/01/04
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
राजबिराज/सप्तरीमा एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा तीन जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष, रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिला तथा उनका ११ वर्षिय छोरामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचारी हुन् भने अर्का बालक उनकै छोरा हुन् । तीनै जना हाल होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह समेत गरे । उनका अनुसार जिल्लामा १६ वटा भारतीय सीमासँग जोडिएका नाकाहरु रहेका छन् । जसमध्ये ९ वटा नाकाहरुबाट अत्याधिक मात्रमा मानिसहरुको ओहरदोहर हुने गर्दछ । ती नाका मध्ये तिलाठी नाकामा एन्टिजिन टेस्ट किटसहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउनुका साथै हेल्थ डेस्क स्थापना गरिएको उनले बताए ।
प्रमुख यादवले जिल्लाको सबै पालिकाहरुमा आवश्यक स्वास्थ्य सामाग्रिहरु समेत उपलब्ध गराइसकेको र क्वारेन्टाइन तथा आइसोलेशन कक्ष स्थापनाका लागि निर्देशन समेत दिइसकेको जानकारी दिए ।
यस्तै सम्पूर्ण जनतालाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । हाललाई स्वास्थ्य मापदण्ड बारे जनचेतना दिइरहेको तथा एक हप्तापछि सोको पालना नगरेको पाइएमा कानुन बमोजिम कारवाही वा दण्ड जरिवाना गराइने जानकारी समेत दिए ।
सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ