News Category 2078/01/05
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास

दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
राजबिराज नगरपालिका वडा नं. ४ को वडा कार्यालयको आइतबार शिलान्यास गरिएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
नयाँ माछा हटियाको छेउमा निर्माण हुन लागेको ४ कोठे भवनको निर्माण हुन लागेको वडा अध्यक्ष मोहम्मद अख्तरले बताउँदै उक्त भवन निर्माण गर्न राजबिराज नगरपालिकाले ९ महिना समय तोकिएको जानकारी दिए ।
राजबिराज नगरपालिकाको सहयोगमा कुल ४१ लाख ६ हजार ४ सय १९ रूपैया लागतमा निर्माण हुन लागेको वडा कार्यालय भवन २०७८ पुस २ गते सम्म सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
उक्त वडा कार्यालय भवनको निर्माणको जिम्मेवारी माँ ओम बिराट निर्माण सेवा प्रा लि बिराटनगरले लिएको छ ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, वडा ५ का वडा अध्यक्ष समिर झा, राजबिराज वडा ४ का वडा सदस्य महाबिर दास, आशा साह, डोमनी साफी, रोशन अंसारी, पत्रकार चन्दनकुमार यादब, लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ