News Category 2078/01/05
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान

दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
नेपाल पत्रकार महासंघ तथा उच्च अदालत बार एकाईको हालै सम्पन्न निर्वाचनमा भातृ संघसंस्थाबाट प्रतिनिधित्व गर्दै सहभागि भई निर्वाचित भएकाहरुलाई नेपाली काँग्रेस सप्तरीले सम्मान गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. २ ले आइतबार नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचितहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ सप्तरीको अध्यक्ष पदमा निर्वाचित श्रवण देव र सदस्य पदमा निर्वाचित परिष कर्ण छन् ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा निर्वाचित मनोजकुमार माझी र प्रदेश परिषद् सदस्यमा निर्वाचित शिवनारायण साह पनि सम्मानित भएका छन् ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएशएसनका तर्फबाट उच्च अदालत बार एकाईमा निर्वाचित रन्धिर कर्ण पनि सम्मानित भएका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले खादा ओढाई सम्मानित गरेका थिए ।
क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसका नेता बिरवल बिराजी, नन्दकिशोर यादवलगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ