News Category 2078/01/05

जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै

दैनिक समाचारदाता

जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै

दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
    कोरोनाको त्रासका बीच आइतबार जलाशय किनारमा भिडभाड नगरि तथा घरको छतमा ब्रतालुहरुले चैती छठ पर्वमा मनाउँदै छन् ।
    पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् । 
    सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् ।     सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।
    यता कतिपय ब्रतालुले कोरोनाको जोखिमलाई ध्यानमा राखी घरकै छतमा अस्थायी पोखरीको निर्माण गरि छठ पर्वमा सहभागि भएको पाइएको छ ।     सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत सम्पन्न हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट