News Category 2078/01/07

सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा

दैनिक समाचारदाता

सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
    भन्सार छलेर अवैध रुपमा ल्याएर लुकाई राखेको ९ वटा भारतीय टेम्पो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय मातादी र बाँबाधाम धर्मराज इटा उद्योगले लुकाई राखेको ९ वटा भारतीय टेम्पो सोमबार राती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 
    नियन्त्रणमा लिइएका मध्ये ३ वटा टेम्पोमा भारतीय नम्बर प्लेट भएपनि अन्य ६ वटा बिना नं. प्लेटकै भएको र गाडीको कुनै कागजात समेत नभएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी नायब उपरिक्षक श्यामणि ढकालको नेतृत्वमा खटेको मोवाइल गस्ती टोलीले ती इटा उद्योगहरुमा लुकाई राखेको अवस्था उक्त टेम्पोहरु बरामद गरेको उनले बताए । 
    बरामद टेम्पोको न्युनतम ५४ लाख रुँपैया मुल्याङ्कन गरि भन्सार बुझाइएको समेत उनले जानकारी दिए । ती टेम्पोहरु आवश्यक प्रक्रिया पुरा गरि मंगलबार तिलाठीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट