News Category 2078/01/08
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै निर्वाचित पदाधिकारीलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
गजेन्द्र नारायण सिंहको जन्म जयन्तीको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र राजविराजले नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
अध्ययन केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान र स्व. सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको ९१ औं जन्मजयन्ती समेत मनाएको छ । नव निर्वाचित पत्रकार महासंघका पदाधीकारीहरुलाई सम्मान पश्चात् कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य मृगेन्द्र कुमार सिंह यादवले मधेशवादका प्रणेता स्व. सिहले देखाएको बाटो तथा पार्टी संगठनमा थालेको अभियानलाई पुरा गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने बताए ।
सोही कार्यक्रममा प्रदेश २ मिडीया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराईले निष्ठावान नेताका रुपमा चिनिएका स्व. सिंह पत्रकारमैत्री भावना राख्ने नेताका रुपमा समेत चिनिनु भएको सुनाउदै उहाँको अभाव सधै खडकी रहने बताए ।
पत्रकार महासंघका सभापती श्रवण देवले मधेशमा निष्ठा र आर्दशको राजनीतिक गर्ने स्व. सिंहबाट वर्तमान र भावी पुस्ताले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए । गजेन्द्र नारायण सिह अध्ययन केन्द्रका संयोजक एवं जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभावकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय सदस्य राजेश कुमार राय, अमरनाथ मण्डल, उपेन्द्र प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले नव निर्वाचितलाई बधाई तथ स्व. सिंहको राजनीतिक योगदान बारे चर्चा गरेका थिए ।
सप्तरीको तिलाठी कोइलाठी गाँउपालिका घर भएका स्व. सिंह १९८७ सालमा राम नवमी कै दिन जन्मिएका थिए । उनले मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका थिए ।
प्रत्येक वर्ष राम नवमीका दिन उनका अनुयायीहरुले स्व. सिहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउदै आएका छन् ।
यसैबीच जनता समाजवादी पार्टीकाहरु राजविराजस्थित गजेन्द्र चौकमा रहेको स्व. सिंहको सालिकमा माल्यार्पण गरेका छन् । त्यस्तै जसपा नेता बिनोद यादवले स्व. सिंहको जन्म जयन्तीको अवसरमा लड्डु बाडेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ