News Category 2078/01/10
एक कर्मचारी संक्रमित भएसँगै सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको एक स्थानिय तहका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा एक महिना यता कोरोना संक्रमितको संख्या सात पुगेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार प्राप्त रिर्पोटले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाका एक २६ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिन अघि मात्र काम विषेशले भारत गई फर्केका थिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उनी घरमै आइशोलेशनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यसअघि जिल्लाको रुपनी गाउँपालिकाकी एक महिला कर्मचारी पनि संक्रमित भएकी छिन् । उनी पनि होम आइशोलेशनमा छिन् । स्वास्थ्य मापदण्डको पालना गर्दै सबै संक्रमित अहिले होम आईशोलेशनमै बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
यता सेवाग्राहिको चाप रहने सरकारी तथा स्थानीय तहका कर्मचारीमा संक्रमण देखिन थालेपछि सेवाग्राही र कर्मचारी दुबैमा त्रास बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ