News Category 2078/01/10
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
जग्गा विवादमा कुटपिटबाट घाईते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ३ का धनेश्वर प्रसाद साहलाई न्याय दिलाउन आग्रह गरिएको छ ।
सो घटनामा घाइते भएका साहको विगत तीन दिनदेखी गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गराईरहेका छन् । उनको टाउकोमा सात वटा टाँका लागेको छ ।
पीडितका छोरा जिवछ साहले धारिलो हतियारले आक्रमण गरी घाईते बनाउनेहरुलाई प्रहरीले कुनै कारवाही नगरेको गुनासो गरेका छन् ।
शुक्रवार सदरमुकाम राजविराज आईपुगेका जिवछले न्यायका लागी पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
उनका अनुसार गत बुधवार जग्गा विवादको विषयलाई लिएर गाँउकै एक पक्षले बुवालाई गम्भीर घाईते बनाएका थिए । घटनामा संलग्नहरु बारे प्रहरीमा लिखित जानकारी गराउँदा पनि दोषि उपर कुनै कारवाही हुन नसकेको उनको गुनासो छ ।
उनले वडाअध्यक्ष रामेश्वर यादवले दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् । यसबारे वडा अध्यक्ष यादवसंग जिज्ञासा राख्दा उनले आफु दोषि उम्काउने कुनै खेलमा नलागेको र आफुमाथी लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् ।
सडक विस्तारको क्रममा दुई पक्षबीच विवादको क्रममा साह सामान्य घाईते भएको र विपक्षीलाई दुख: दिन अस्पतालमै वसेको उनको दाबी छ ।
पीडित पक्षलाई क्षतीपुर्ती दिलाउन आफु तयार रहेपनि साह पक्ष तयार नहुदा समस्या भएको र समाधानका लागी प्रयासरत रहेको उनको भनाई छ ।
यता डिएसपि माधव प्रसाद काफ्लेले घट्नाबारे अनुसन्धान भईरहेको र दोषिलाई नछाडिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ