News Category 2078/01/11
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
हलेसी दर्शन गरी सप्तरी फर्किदै गरेको बस खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा शनिबार बिहान दुर्घटनामा परेको छ ।
सो दुर्घटनामा बसका सह–चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमा मृत्यु भएको हो ।
चालक सहित ३९ जना यात्री बोकेको बा.३ख. ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा २२ जना घाईते र १६ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ७५ वर्षीय सिता नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ घाइते भएका छन् ।
यस्तै बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गीता श्रेष्ठ, ४० वर्षीय विमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ, ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ४१ वर्षीय प्रमिला श्रेष्ठ, ५० वर्षीय टेक श्रेष्ठ र ४५ वर्षीय उर्मिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ९ जना गम्भीर घाइते छन् । घाइतेलाई स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका टोलीले उद्धार गरेर उपचारका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ