News Category 2078/01/13
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
विद्यालयहरु बन्द गर्ने सरकारी निर्णयको अवज्ञा गरेर विद्यालय संचालन गरेको भन्दै सप्तरीका निजि विद्यालयका संचालकसहित पक्राउ परेका ११ जनालाई सोमबार प्रहरीले रिहा गरेको छ ।
स्कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले सोमबारदेखी विद्यालय बन्द गर्ने निर्णयको वेवास्था गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक र शिक्षकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो ।
सोमबार बिहान प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, प्रहरी उपरिक्षक राजेन्द्र धमलासहितको अनुगमन टोलीले सरकारी निर्णयको अवज्ञा गर्ने विभिन्न विद्यालयका ११ जना संचालक र शिक्षकलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार नियन्त्रणमा लिइएकाहरुमा राजविराजका लक्ष्मी इङलिस बोर्डिङ स्कुलका संचालक राजेश कुमार यादव, बैधनाथ कुमार झा, बुलन्द साह, ह्या्पिल्याड मावि बोर्डिङ स्कुलका संचालक शैलन्द्र कुमार ठाकुर, जानकी सेकेन्ड्रि स्कुलका प्रिन्सिपल हरिकिसुन राय, लिटिल एन्जेल्सका प्रिन्सिपल नरेन्द्र प्रसाद देव तथा पिसजोन इङलिस बोर्डिङ स्कुलका संचालक उमाकान्त साह छन् ।
यस्तै सृजना बोर्डिङ स्कुलकी शिक्षिका रिमा झा, लिटिल फ्लावर बोर्डिङ स्कुलका संचालक डा. कमानन्द देव, ग्रिन इङलिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव तथा विष्णुपुर गाउँपालिकास्थित शिब्स बोर्डिङ स्कुलका संचालक नरेश प्रताप साहलाई पनि नियन्त्रणमा लिइएको डिएसपी काफ्लेले जानकारी दिए । यता पक्राउ परेका उनीहरुलाई सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युशन सेन्टर र तालीम केन्द्रमा यही वैशाख मसान्तसम्म भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको थियो । आइतबार मात्रै सरकारले सोमबारदेखि सबै प्रकारको परीक्षासमेत स्थगन गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ