News Category 2078/01/14
सप्तरीमा ४८ को परिक्षण गर्दा चिकित्सकसहित १७ जना संक्रमित
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीमा मंगलबार एक चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ४८ जनाको परिक्षण गर्दा मंगलबार आएको रिपोर्टमा १७ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ जसमध्ये दुई जना कोरोनाबाट निको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएकाहरु मध्ये राजविराज नगरपालिकाका ६, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगपालिका, महदेवा गाउँपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका र रुपनी गाउँपालिकाका एक/एक जना छन् ।
यस्तै १७ जनामा एक जना सिरहा गोलबजारका रहेका छन् । संक्रमित मध्ये चार महिला छन् । संक्रमित सबैलाई होम आइसोलेशनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई दिन अघि पनि गरिएको पिसीआर परिक्षणमा एकै टोलका ११ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यता कोरोना संक्रमितको संख्या जिल्लामा दिनानुदिन बढ्दै गएपछि स्थानियमा पुन: त्रास फैलिएको छ ।
यसैबीच स्थानिय प्रशासनले कोरोना संक्रमण समुदायमा फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न सर्वसाधारणसम्ग आग्रह गरेको छ । सामाजिक दुरी, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सम्मिलित टोली जिल्लाको विभिन्न स्थानमा खटिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ