News Category 2078/01/14
सप्तरीमा ४८ को परिक्षण गर्दा चिकित्सकसहित १७ जना संक्रमित
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीमा मंगलबार एक चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ४८ जनाको परिक्षण गर्दा मंगलबार आएको रिपोर्टमा १७ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ जसमध्ये दुई जना कोरोनाबाट निको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार संक्रमण पुष्टि भएकाहरु मध्ये राजविराज नगरपालिकाका ६, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ तथा शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगपालिका, महदेवा गाउँपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिका र रुपनी गाउँपालिकाका एक/एक जना छन् ।
यस्तै १७ जनामा एक जना सिरहा गोलबजारका रहेका छन् । संक्रमित मध्ये चार महिला छन् । संक्रमित सबैलाई होम आइसोलेशनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई दिन अघि पनि गरिएको पिसीआर परिक्षणमा एकै टोलका ११ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यता कोरोना संक्रमितको संख्या जिल्लामा दिनानुदिन बढ्दै गएपछि स्थानियमा पुन: त्रास फैलिएको छ ।
यसैबीच स्थानिय प्रशासनले कोरोना संक्रमण समुदायमा फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न सर्वसाधारणसम्ग आग्रह गरेको छ । सामाजिक दुरी, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि सम्मिलित टोली जिल्लाको विभिन्न स्थानमा खटिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ