News Category 2071/03/09
सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका सेवाबाट बञ्चित
दैनिक संवाददाता
राजविराज, ८ असार ।
बालमैत्री स्थानिय शासनमा अपाङ्गता भएका बालबालिकाहरुको सहभागिता विषयमा आइतबार छलफल कार्यक्रम समपन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, युनिसेफको सहयोग तथा सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा वक्ताहरुले बालमैत्री कार्यक्रम अपाङ्गमैत्री बन्न नसक्नु, अपाङ्गता सम्बन्धी ज्ञान नहुनु, अस्पतालमा निःशुल्क उपचारको सेवा नहुनाले अपाङ्ग बालबालिकाहरुको मनोबल खस्किएको बताएका छन् ।
वक्ताहरुले अपाङ्ग सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका विभिनन सेवा सुविधाबाट बञ्चित हुनुपरेको आरोप समेत लगाएका छन् । उनीहरुले हाल अपाङ्गता भएका बालबालिकाहरुका लागि बालमैत्री वातावरण बन्न नसक्नुले शिक्षाको पहुँचबाट बञ्चित हुनुपरेको धारण व्यक्त गरेका छन् ।
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मंडलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी ढिक बहादुर राई, युनिसेफका अशोक झा, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत विश्नाथ ओझा, महिला बालबालिका कार्यालयका प्रमुख शुसिला चौधरी लगायतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ