News Category 2078/01/15
राम्रो काम र आकर्षक तलब दिलाईदिने भन्दै लाखौं रकम ठगि एक फरार
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
वैदेशिक रोजगारमा राम्रो काम र आकर्षक तलब दिलाइदिने भन्दै सिरहाका डेढ दर्जन यूवाहरुबाट लाखौं रकम ठगि गरि सप्तरीका एक व्यक्ति फरार भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले संयुक्त रुपमा उजुरी दिएपछि सो ठगिका घटना बाहिरिएको हो ।
राजविराजस्थित सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रवासी श्रोत केन्द्रले कानुनी परामर्शसहितको न्याय खोज्दै सिरहाबाट सप्तरी आइपुगेका पीडित यूवाहरुलाई सहयोग उपलब्ध गराएको केन्द्रका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
पीडितहरुको तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उजुरीपत्रमा गाउँघरका सोझासाझा बेराजगार यूवालाई बिदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका ६ का समसुद्धिन मियाँ लाखौं रकम ठगि गरि फरार भएको उल्लेख छ ।
यसरी ठगिमा पर्नेहरुमा सिरहा जिल्लाकै बिरेन्द्र यादव, सुनिल कुमार महतो, बैजनाथ सदा, श्याम कुमार यादव, शलेन कुमार यादव, ओमप्रकाश महतो, रामबचन साफी, गुनेश्वर साफी, जिवछ दास, दुर्गानन्द साह, हरेराम यादव, विपिन यादव, रवि कुमार कमैत, सतो कुमार कमैत, शशीकुमार मण्डल, मनोज कुमार साह, अजय कुमार यादव र बिनोद साह छन् ।
पीडित मध्येका एक सिरहाको लहान नगरपालिका १३ का सुनिलकुमार महतोले ठगि गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत राजविराज आइपुगेको बताए ।
यस्तै ठगिमा परेका अर्का सोही नगरपालिका ११ का मनोजकुमार साहले आफूलाई एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै एक जनासँग १ लाख, अर्कासँग ९० हजार तथा अन्यहरुसँग ३०/३० हजारका दरले कुल ६ लाख ४० हजार रुँपैया ठगि गरि फरार भएको बताए ।
पीडितहरुको उजुरीको आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ