News Category 2078/01/17
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
स्थानिय प्रशासनले चलाएको तपाईको मास्क खोई ! अभियान अन्तरगत सप्तरीमा ३ दिनमा ७ सय ५० जना कारवाहीमा परेका छन् ।
कोरोना माहामारीको बेला स्वास्थ्य मापदण्डको पालना नगरि मास्क नलगाउने ती व्यक्तिहरुबाट एक सयका दरले जरिवाना वापत ७५ हजार रुँपैया समेत असुल गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार अभियान अन्तरगत मास्क नलगाउनेलाई जरिवाना मात्र नगरेर सचेतनाका साथै निशुल्क मास्क समेत बाडिदै छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, प्रहरी नायब उपरिक्ष माधवप्रसाद काफ्ले नेतृत्वको छुट्टाछुट्टै टोली निगरानीका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका छन् ।
मास्क तथा कोरोनाको जोखिम बिरुद्ध प्रचार सामाग्रि बोकेर जिल्ला प्रहरी कार्यालयको गाडी दिनभर बजार र ग्रामिण क्षेत्रमा गुडिरहेको देखिन्छ ।
भारतीय सीमासँग जोडिएको नाकाहरुमा समेत यो अभियान संचालन गरेको प्रहरीले कोरोनाले जटिल बन्दै गएको परिस्थितिलाई मध्य नजर गरि सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ ।
यसैबीच शुक्रबारै सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र र सिद्धार्थ गौतम बुद्ध यातायात सेवा केन्द्र राजविराजले संयुक्त रुपमा मास्क तथा सेनिटाइजर बितरणको कार्यक्रमको सुरुवात गरेका छन् ।
कार्यक्रमको स्थानिय रुपनी बस स्टेन्डमा शुभारम्भ गर्दै प्रहरी नायक उपरिक्षक काफ्ले, समाजसेवी जवाहर यादव, सुनिता साह, हितनारायण लाल दास, संजय शर्मा, जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल लगायतले कोरोनाबाट जोगिन सबैलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ