News Category 2078/01/17
सप्तरीमा २७ जनामा कोरोना पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो पटक बिहीबार र शुक्रबारगरि २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ७६ पुगेको छ ।
अघिल्लो दिन बिहीबार १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परे भने शुक्रबार ४९ जनाको परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परिक्षणले राजविराज नगरपालिकाका ३ महिलासहित सर्वाधिक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।
बिहीबार संक्रमण पुष्टि भएका ७ मध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेका छन् । सबै संक्रमितलाई अहिले होमआइसोलेशनमै व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
यस्तै अघिल्लो दिन एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ