News Category 2078/01/18
रोजगारीका लागि भारत गएका यूवकको शंकास्पद मृत्यु

राजविराज/सप्तरीका एक यूवकको शंकास्पद मृत्यु भएको छ । रोजगारीका लागि भारत लगिएका जिल्लाको राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ४० वर्षिय बुधु सदाको शंकास्पद मृत्यु भएको हो ।
सदालाई भारतीय सीमावर्ती क्षेत्र बिहारको नेउरमा काम लगाइदिने भन्दै छिमेकी गाउँ छिन्नमस्ता २ हाटीका रमेश यादवले गत मंगलबार त्यसतर्फ लिएर गएको परिवारजनले बताएका छन् । उनलाई त्यहा प्लाईउड फैक्ट्रीमा काममा लगाइएको थियो ।
अघिल्लो दिन शुक्रबार रमेशले फोन गरि बुधु सदाको पत्नी प्रमिलालाई पति बिरामी भएकोले लिएर जान भन्दै फोन गरेपछि प्रमिलाले उनलाई ल्याए गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराएकी थिइन् । जिऊ भरि कुटपिटको निलडाम रहेका बुधुको शुक्रबारै राती ८ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।
मृतककी पत्नी प्रमिलाले बुधुलाई लिएर गएका रमेशले नै प्लाइउड कारखानामा खाजा, नास्ता खान समेत छुटी नदिएर लगातार काममा खटाउने गरेको र त्यसको बिरोध गर्दा आफूमाथी निर्घात कुटपिट भएको मृत्यु हुनु भन्दा अघि पतिले आफूलाई बताएको जानकारी दिएकी छिन् ।
घटनाको जानकारी पाएपछि सप्तरीकी अधिकारकर्मी सुनिता साहको पहलमा यादव बिरुद्ध प्रहरीमा किटनाी जाहेरी समेत दिइएको छ ।
प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले मृतकको शव पोष्टमार्टम पछि बास्तविकता स्पष्ट हुने र सोही आधारमा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ