News Category 2078/01/18
रोजगारीका लागि भारत गएका यूवकको शंकास्पद मृत्यु
राजविराज/सप्तरीका एक यूवकको शंकास्पद मृत्यु भएको छ । रोजगारीका लागि भारत लगिएका जिल्लाको राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ४० वर्षिय बुधु सदाको शंकास्पद मृत्यु भएको हो ।
सदालाई भारतीय सीमावर्ती क्षेत्र बिहारको नेउरमा काम लगाइदिने भन्दै छिमेकी गाउँ छिन्नमस्ता २ हाटीका रमेश यादवले गत मंगलबार त्यसतर्फ लिएर गएको परिवारजनले बताएका छन् । उनलाई त्यहा प्लाईउड फैक्ट्रीमा काममा लगाइएको थियो ।
अघिल्लो दिन शुक्रबार रमेशले फोन गरि बुधु सदाको पत्नी प्रमिलालाई पति बिरामी भएकोले लिएर जान भन्दै फोन गरेपछि प्रमिलाले उनलाई ल्याए गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराएकी थिइन् । जिऊ भरि कुटपिटको निलडाम रहेका बुधुको शुक्रबारै राती ८ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।
मृतककी पत्नी प्रमिलाले बुधुलाई लिएर गएका रमेशले नै प्लाइउड कारखानामा खाजा, नास्ता खान समेत छुटी नदिएर लगातार काममा खटाउने गरेको र त्यसको बिरोध गर्दा आफूमाथी निर्घात कुटपिट भएको मृत्यु हुनु भन्दा अघि पतिले आफूलाई बताएको जानकारी दिएकी छिन् ।
घटनाको जानकारी पाएपछि सप्तरीकी अधिकारकर्मी सुनिता साहको पहलमा यादव बिरुद्ध प्रहरीमा किटनाी जाहेरी समेत दिइएको छ ।
प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले मृतकको शव पोष्टमार्टम पछि बास्तविकता स्पष्ट हुने र सोही आधारमा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ