News Category 2078/01/21
सप्तरीका एक शिक्षकसहित दुई संक्रमितको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीका एक शिक्षकसहित दुई जना कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसरी मृत्यु हुनेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक र हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. २ का ३५ वर्षीय पुरुष रहेका छन् ।
सप्तकोशीका शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड–१९ अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । उनलाई बैशाख ८ गते उच्च ज्वरो तथा स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।
यस्तै हनुमाननगर कंकालिनीका ३५ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको तथा सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ