News Category 2071/03/10
बढुवा नभएको भन्दै आन्दोलन
दैनिक संवाददाता
राजविराज, ९ असार ।
स्थानिय निकाय कर्मचारी संघ संघर्ष समिति जिविस सप्तरीले योग्यता पुगेर पनि बढुवा नभएको भन्दै सुरु गरेको आन्दोलनलाई सोमबारदेखी निरन्तरता दिएको छ ।
संघर्ष समितिका संयोजक खुर्सेद इक्रामद्वारा जारि विज्ञप्तिमा संघर्ष समितिले आइतबारदेखी कलम बन्द गरि सुरु गरेको आन्दोलनको निर्णय बमोजिम २४ घण्टे अल्टिमेटम पश्चात् पनि स्थानिय विकास अधिकारीले कुनै वास्ता नगरेको हुँदा बाध्य भई सोमबारदेखी सांकेतिक आन्दोलनमा उत्रनु परेको उल्लेख छ ।
सोही विज्ञप्तिमा आन्दोलनका कारण सर्वसाधारणमा पर्ने असुविधा प्रति संघर्ष समितिले क्षमा माग्दै उठाएको जायज माग सांकेतिक आन्दोलनबाट पुरा नभए आन्दोलनका थप कार्यक्रमलाई अघि बढाउने जनाइएको छ ।
बढुवाका लागि योग्यता पुगेपनि आफूहरूको भविष्यलाई अन्योलमा पारेको भन्दै जिविस सप्तरीका कर्मचारीले सङ्घर्ष समितिको गठन गरी आन्दोलन सुरु गरेको हो ।
जिविस सप्तरीका ४२ कर्मचारीमध्ये २६ जनाको बढुवाका लागि योग्यता पुगिसक्दासमेत बढुवाका लागि सरकारले कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनमा जानुपरेको संयोजक इक्रामको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ