News Category 2078/01/23
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार राती १२ बजेदेखी निषेधाज्ञा
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइने निर्णय भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको राजविराज, फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ ।
यस्तै बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ भने निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसन सञ्चालन गर्न निर्णय गरिएको छ ।
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी गर्ने र कुनै स्थानीय तहमा संक्रमण देखिए त्यसलाई सिल गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ