News Category 2078/01/26
सात सय अक्सिजन सिलिण्डर बरामद
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
प्रदेश २ प्रहरी कार्यालयले प्रदेश भरिबाट आइतबार सात सय अक्सिजन सिलिण्डर बरामद गरेको छ ।
स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेशका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको ती अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले नेपाल प्रहरीको सक्रियतामा १ सय ३२ वटा भरी सिलिण्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरेको जानकारी दिएका छन् ।
यता प्रहरीले कोरोना महामारीका बेला स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा सम्बन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
प्रदेश प्रहरीले वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन हुन अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारवाहीमा फेला परेमा सम्वन्धित व्यक्ति, निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारवाही हुने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ