News Category 2071/03/10
बोरिया “पूर्ण खोप गाविस” घोषित
दैनिक संवाददाता
राजविराज, ९ असार ।
सप्तरीको बोरिया “पूर्ण खोप गाविस” सोमबार घोषित भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बराल र क्षेत्र नं. ३ का सभासद् उमेश यादवले सो बोरियामा आयोजित “पूर्ण खोप गाविस” घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धजीवी, समाजसेवी, संचारकर्मीलगायतको उपस्थितिमा पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
कोशीदेखी नारायणी नदीसम्मको तराई मधेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीगरि आठ जिल्लामा पहिलो पटक बोरिया गाविस पूर्ण खोप गाविस घोषणा भएको छ । यसअघि यी जिल्लाका कुनै पनि गाविस पूर्ण खोपयुक्त गाविस घोषणा हुन सकेका थिएनन् ।
बोरिया गाविसका पूर्ण खोप आयोजक समिति संयोजक तेजकान्त झाले बोरिया गाविसमा १२–१३ महिनाका बालबालिकामा सर्वेक्षण गरि १ वर्ष भित्रका लक्षित २ सय २३ बालबालिकालाई बि.सी.जी., डिप्टी–हेप, बी–हीव, पोलियो र दादुरा रुवेला खोपहरु दिइसकिएको जानकारी दिनुभयो ।
उहाँले गाविसमा जनचेतना मूलक कार्यक्रम ल्याउँदै लक्षित बालबालिकाहरुलाई शतप्रतिशत खोप दिलाउन मद्दत पु¥याउने गाविसको उपस्वास्थ्य चौकी तथा वडाका आमा समूह एवं स्वयम सेविकाहरु प्रति आभार व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ