News Category 2078/01/29
ट्रकले लियो पति पत्नीको ज्यान
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा मंगलबार बिहान एक मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक दम्पत्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.६ख. ३८६१ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ट्रकले ठक्कर दिएपछि गम्भिर घाइते भएका दुबैलाई तत्कालै उद्दार गरि उपचारका लागि भारदह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ