News Category 2078/03/07
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ

दैनिक समाचारदाता
सप्तरी, ७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटी हत्या गरेका मुख्य अभियुक्तलाई प्रहरीले तीन दिन नबित्दै पक्राउ गर्न सफल भएको छ ।
शुक्रबार भएको उक्त घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ । स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि तथा आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया शिवानीकुमारी यादवको हत्या भएको थियो । अबेर साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीको सहयोगमा खोज्दै जाँदा सोही वडाको हटैलस्थित आँप बगैचा नजिकै बाँसघारीमा घाँटी रेटिएको तथा हत्यामा प्रयोग भएका हँसिया, बालिकाको दुई खुटाको बीचमा गाडीएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरीका साथै संघीय र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट विशेष प्रहरी टोली परिचालित थिए । त्यस्तै तालिम प्राप्त कुकुरको समेत सहयोग लिइएको थियो ।
तीन दिन लगातारको अथक प्रयास र अनुसन्धानपछि मुख्य अपराधी पक्राउ गर्न सफलता मिलेको एसपी धमलाले बताए । कुकुरले गरेको संकेत तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यारा आइतबार राती भारततर्फ भाग्न खोज्दै गरेको अवस्थामा पक्राउ परेको उनले जानकारी दिए ।
उनका अनुसार बाख्रा चराउन निस्केकी शिवानी आँप बगैचामा पुगेपछि आँप टिप्न लागेकी थिइन् । सोही स्थानमा घास काट्दै गरेका रोहितले एकान्तमा देखेर मुख थुनी बाँसघारीमा लगि लडाएर बलात्कारको प्रयास गरेका थिए । तर, शिवानी आमालाई भनिदिन्छु भन्दै चिच्याउन थालेपछि पोल र पहिचान खुल्ने डरले हँसियाले घाँटी रेटेर मारेको रोहितले स्वीकारेका छन् ।
प्रहरीले रोहितलाई सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ