News Category 2078/03/12
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सप्तरीमा शनिबार सडक दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुर खण्डमा ना७प ५४९५ नम्बरको ट्याङकरले स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करबाट मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन् । ठक्कर दिएर भागेको सोही ट्याङकरले दुई किलोमिटर अगाडी चाँदनी चौकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ बर्षिया सुमैया प्रविणको पनि घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने ट्याङकर नियन्त्रणमा लिइएपनि चालक भने फरार भएको खोजि कार्य भइरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
घाइतेहरुको स्थानिय ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ