News Category 2078/03/12
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।
शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री बिरुद्ध सशक्त प्रतिकार आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आउनु र जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई दुखई पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए । उनले २०४७ को संविधानलाई ब्युताउने प्रयत्न समेत प्रधानमन्त्रीबाट सुरु भएको आरोप पनि लगाउ ।
पुर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रतिगमनको प्रयासलाई असफल नबनाएसम्म आफुहरुले बनाएको दलीय गठबन्धन कायमै रहने समेत जानकारी दिदै प्रतिगमनकारी कदम पराजित नभएसम्म विश्राम नलिने उदघोष पनि गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने काम नै प्रतिगमनकारी कार्य रहेको जिकिरका साथ यादवले अहिले संघीयतालाई कमजोर पार्ने, संसदलाई समाप्त पार्ने काम त्यसकै लागि भईरहेको स्पष्ट पारे ।
कार्यक्रममा ९ थान अक्सिजन कन्सन्ट्रेटर, ७० काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ