News Category 2078/03/12
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।
शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री बिरुद्ध सशक्त प्रतिकार आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आउनु र जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई दुखई पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए । उनले २०४७ को संविधानलाई ब्युताउने प्रयत्न समेत प्रधानमन्त्रीबाट सुरु भएको आरोप पनि लगाउ ।
पुर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रतिगमनको प्रयासलाई असफल नबनाएसम्म आफुहरुले बनाएको दलीय गठबन्धन कायमै रहने समेत जानकारी दिदै प्रतिगमनकारी कदम पराजित नभएसम्म विश्राम नलिने उदघोष पनि गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने काम नै प्रतिगमनकारी कार्य रहेको जिकिरका साथ यादवले अहिले संघीयतालाई कमजोर पार्ने, संसदलाई समाप्त पार्ने काम त्यसकै लागि भईरहेको स्पष्ट पारे ।
कार्यक्रममा ९ थान अक्सिजन कन्सन्ट्रेटर, ७० काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ