News Category 2078/03/14
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै

दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सोमबारदेखी प्रदेश २ को ८ वटै जिल्लामा प्रदेश हरित अभियान २०७८ को सुरुवात भएको छ । स्वच्छ, समृद्ध तथा हरियाली प्रदेश बनाउने उद्देश्यले सो अभियानको सुरुवात गरिएको हो ।
सप्तरीको रुपनीस्थित सवडिभिजन वन कार्यालय परिसर तथा आसपासका क्षेत्रमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बोट रोपेर सप्तरी जिल्लामा अभियानको सुरुवात गरेका हुन् ।
बृक्षारोपण अभियानको शुभारम्भ गर्दै मन्त्री साहले अनियन्त्रित वन फडानीले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्नुका साथै विभिन्न खाले माहामारी जस्ता विपद् ल्याउने भएकाले यसबाट जोसगन र प्रदेशलाई स्वच्छ, समृद्ध र हरियाली बनाउन अभियान थालिएको बताए ।
उनीसँगै आएका वन मन्त्रालयका उपसचिव हेमन्त साह, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठका साथै रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, वनअधिकृत रामअशिष यादव लगायतले पनि विभिन्न जातका बिरुवा रोप्दै यसको संरक्षणमा जोड दिएका थिए ।
यता प्रदेश २ को ८ वटै जिल्लामा एकै दिनदेखी सुरु भएको अभियानको धनुषामा मुख्यमन्त्री लालबाबु राउत तथा बाँकी ६ जिल्लामा अन्य मन्त्रीहरुले बृक्षारोपन गरि अभियानको सुरुवात गरेका हुन् ।
अभियान अन्तरगत प्रदेश २ का ८ वटै जिल्लामा कुल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ