News Category 2078/03/15

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १५ असार ।    
    सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । 
    सो गाउँपालिका वडा नं. ६ महुली बजार निवासी ३५ वर्षिया जहादा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर घाईते भएकी खातुनको उपचारका क्रममा मृत्यु भएको हो । 
    घाइते भएकी उनको उपचारका क्रममा बिराटनगरस्थित नर्सिङ होम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 
    यता घटना बारे थप अनुसन्धान अनुसन्धान कार्य भई रहेको  प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट