News Category 2078/03/18
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी....
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल भएको छ । जिर्ण सडकको मर्मत तथा नयाँ सडकको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा सडकहरु वर्षायाममा हिलम्मे भएको छ ।
निर्माण कार्यमा आवद्ध ठेकेदार कम्पनीले ढिलाई तथा निर्माण भइसकेका सडकको पानीले निकास पाउन नसक्दा जिल्लाका अधिकांश सडकमा अहिले पानी जम्नुका साथै हिलोमय हुँदा पैदल हिड्न र सवारीसाधन संचालनमा समस्या भएको छ ।
सडकको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बन्नुका साथै सवारी दुर्घटना हुने सम्भावना समेत बढेको छ ।
लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण जिल्ला सदरमुकाम राजविराज–रुपनी, राजविराज–तिलाठी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायत हुलाकी सडकखण्डको अवस्थता अत्यन्त कहालिलाग्दो रहेको छ ।
यस्तै राजविराज नगरपालिकाको मुख्य बजारसहित विभिन्न वडाका सडकहरुमा वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । नाला निर्माण भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरको अदालत रोड, सिरहा रोड, हिमालय टोल, कुनौली सडक लगायतका सडक जलमग्न भई आवागमन कष्टकर बनेको छ ।
यस्तै कठौना–पातो, भारदह–बरमझियाबीचको सडक धान रोप्ने खेत जस्तै भएको छ । कठौना–पातो सडक खण्डमा अधिकांशले चप्पल जुत्ता हातमा लिएर ओहोर–दोहोर गर्छन् । बाहिरबाट आएकाहरु पनि चप्पल जुत्ता हातमै बोकेर ओहोर दोहोर गर्ने तथा गाउँमा अत्यावश्यक गाडी ओहोर दोहोर गर्न नसकेको स्थानियवासी महेन्द्र सदा बताउँछन् ।
महदेवा–पकरी सडक खण्डको अवस्था पनि उस्तै छ । सडकभरी हिलो नै हिलो छ । वर्षेणी वर्षायाममा उत्पन्न हुने यस्तो समस्याको स्थायी समाधान खोज्न सम्बन्धीत पालिकासँग स्थानियले माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ