News Category 2078/03/18

सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी....

दैनिक समाचारदाता

सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी....

दैनिक समाचारदाता
राजविराज, १७ असार । 
    सप्तरीका अधिकांश सडकको अवस्था वेहाल भएको छ । जिर्ण सडकको मर्मत तथा नयाँ सडकको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा सडकहरु वर्षायाममा हिलम्मे भएको छ । 
    निर्माण कार्यमा आवद्ध ठेकेदार कम्पनीले ढिलाई तथा निर्माण भइसकेका सडकको पानीले निकास पाउन नसक्दा जिल्लाका अधिकांश सडकमा अहिले पानी जम्नुका साथै हिलोमय हुँदा पैदल हिड्न र सवारीसाधन संचालनमा समस्या भएको छ । 

    सडकको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बन्नुका साथै सवारी दुर्घटना हुने सम्भावना समेत बढेको छ । 
    लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण जिल्ला सदरमुकाम राजविराज–रुपनी, राजविराज–तिलाठी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायत हुलाकी सडकखण्डको अवस्थता अत्यन्त कहालिलाग्दो रहेको छ । 
    यस्तै राजविराज नगरपालिकाको मुख्य बजारसहित विभिन्न वडाका सडकहरुमा वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । नाला निर्माण भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरको अदालत रोड, सिरहा रोड, हिमालय टोल, कुनौली सडक लगायतका सडक जलमग्न भई आवागमन कष्टकर बनेको छ । 
    यस्तै कठौना–पातो, भारदह–बरमझियाबीचको सडक धान रोप्ने खेत जस्तै भएको छ । कठौना–पातो सडक खण्डमा अधिकांशले चप्पल जुत्ता हातमा लिएर ओहोर–दोहोर गर्छन् । बाहिरबाट आएकाहरु पनि चप्पल जुत्ता हातमै बोकेर ओहोर दोहोर गर्ने तथा गाउँमा अत्यावश्यक गाडी ओहोर दोहोर गर्न नसकेको स्थानियवासी महेन्द्र सदा बताउँछन् । 
    महदेवा–पकरी सडक खण्डको अवस्था पनि उस्तै छ । सडकभरी हिलो नै हिलो छ । वर्षेणी वर्षायाममा उत्पन्न हुने यस्तो समस्याको स्थायी समाधान खोज्न सम्बन्धीत पालिकासँग स्थानियले माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट