News Category 2078/03/19
निरन्तरको बर्षाले दुई सय बढी घर डुवानमा
राजविराज/चार दिनदेखि परेको अबिरल बर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नदी खोलामा आएको बाढीले आधा दर्जन स्थानिय तहका करिव दुई सय बढी घर डुवानमा परेका छन ।
लगातारको बर्षाले त्रियुगा, खडग, खाडो, सप्तकोशी लगायतको नदी खोलामा आएको बाढीले जिल्लाको कतिपय स्थानमा रहेको तटबन्धमा कटान समेत सुरू गरेको छ ।
कोसी ब्यारेजमा शनिबार बिहान दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव रहेको छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।
यता सप्तकोशी नदिको बाढी शुक्रवार राती बस्तीमा पस्दा हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का करिव २ सय भन्दा बढी घर डुवानमा परेको नगरप्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदिको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिएका छन । उक्त नदिको उच्च बहावले सिद्विपुर र सखुवानीमा रहेको तटबन्ध कटान गरिरहेको उनले बताए ।
यस्तै सप्तरीको डाक्नेश्वरी ६ स्थित खडग खोलामा आएको बाढीले कटैयास्थित तटबन्धमा कटान सुरू गरिसकेको र वर्षा निरन्तर रहे कुनै बेला पनि भत्काउने सम्भावना रहेको नगरप्रमुख शिवनारायण साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ