News Category 2078/03/19
निरन्तरको बर्षाले दुई सय बढी घर डुवानमा
राजविराज/चार दिनदेखि परेको अबिरल बर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नदी खोलामा आएको बाढीले आधा दर्जन स्थानिय तहका करिव दुई सय बढी घर डुवानमा परेका छन ।
लगातारको बर्षाले त्रियुगा, खडग, खाडो, सप्तकोशी लगायतको नदी खोलामा आएको बाढीले जिल्लाको कतिपय स्थानमा रहेको तटबन्धमा कटान समेत सुरू गरेको छ ।
कोसी ब्यारेजमा शनिबार बिहान दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव रहेको छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।
यता सप्तकोशी नदिको बाढी शुक्रवार राती बस्तीमा पस्दा हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का करिव २ सय भन्दा बढी घर डुवानमा परेको नगरप्रमुख शैलेश साहले जानकारी दिएका छन् ।
यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदिको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिएका छन । उक्त नदिको उच्च बहावले सिद्विपुर र सखुवानीमा रहेको तटबन्ध कटान गरिरहेको उनले बताए ।
यस्तै सप्तरीको डाक्नेश्वरी ६ स्थित खडग खोलामा आएको बाढीले कटैयास्थित तटबन्धमा कटान सुरू गरिसकेको र वर्षा निरन्तर रहे कुनै बेला पनि भत्काउने सम्भावना रहेको नगरप्रमुख शिवनारायण साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ