News Category 2078/03/20
गाउँ–गाउँमा सिंहदरबारको साटो राजदरबार खडा भयो ः सभामुख यादव
दैनिक समाचारदाता
राजविराज, २० असार ।
प्रदेश २ का सभामुख सरोजकुमार यादवले संघीयता आएपछि गाउँ–गाउँमा सिंहदरबारको साटो राजदरबार खडा भएको आरोप लगाएका छन् ।
सभामुख यादवले भने, “स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसके पनि उनीहरु आफूलाई राजा भन्दा कम ठान्ने गरेका छैनन् ।”
सप्तरी जिल्ला सभालाई आईतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले भने, “संघीयता अनुसार हाल काम भइरहेको छैन, जसकारण जनता खुशी छैनन् ।”
हाल जनताको पक्षमा काम नभइरहेको मात्र आफ्नो मान्छे भन्दै बजेट दिने र जसरी पनि सिध्याउने कार्य हावी भएको आरोप लगाए ।
सभामुख यादवले जनताको प्रतिनिधी बनेर केन्द्रमा र प्रदेशमा गएका सांसदहरु जिल्ला सभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए । जिल्ला सभामा संघीय सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यलाई निम्ता गरी बोलाइएपनि कोहि उपस्थित भएनन् ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा राम्रो काम गरेको भन्दै कर्मचारी नवराज खड्का, कमलेश्वर बिराजी, गंगाराम साहलाई सम्मान गरिएको थियो ।
जिल्लामा उत्कृष्ट नगरपालिकामा कंचनरुप र गाउँपालिकामा रुपनीलाई समेत सम्मान प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ