News Category 2078/03/21
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै

दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
केही दिनदेखि परेको अबिरल बर्षाका कारण राजबिराज १५ भरूवास्थित खाडो बाध कटान हुन थालेको छ ।
सोमबार बेलुकादेखि खाडो नदिमा अत्यधिक पानीको चाप बढन थालेपछि भरूवा बस्ती जोखिममा परेको छ ।
नदिको बहावको पश्चिमतर्फ बस्ती छेउमा बग्न थालेपछि बस्ती नै जोखिममा परेका स्थानिय फुलेश्वर यादब जानकारी दिएका छन ।
२०७४ सालमा भरूवामा खाडो तटबन्ध भत्किन थालेपछि बाँध कटान हुन नदिन स्थानिय डोमी यादबले पानी बहाव रोक्न खोज्दाँ उनलाई बाढीले बगाएको थियो ।
खाडो नदि नियन्त्रण गर्ने काय समयमा नहुदाँ बर्सेनि यहाँ स्थानियहरूले सयौ बिगाहामा लगाएको धान बालीमा क्षती पुग्ने गरेको स्थानिय फुलेश्वरले बताए ।
यता राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादबले भरूवास्थित खाडो नदिको स्थलगत अनुगमन गर्दै खाडो नदिको कटान नियन्त्रण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
जिल्लाको त्रियुगा, खडग, सप्तकोशी लगायतको नदिमा आएको बाढीले आधा दर्जन स्थानिय तहका घरहरू डुवानमा परेको छ ।
लगातारका बर्षाले विभिन्न नदि खोलामा आएको बाढीले जिल्लाको कतिपैय स्थानमा रहेको तटबन्धमा कटान हुन थालेको छ ।
बर्षाका कारण हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्वर ९, १०, ११, १२, र १३ का करिव २ सय भन्दा बढी घर डुवानमा परेको र नियन्त्रणका लागि स्थानिय स्तरबाट कार्य भईरहेको नगरप्रमुख शैलेश साहले बताए ।
यस्तै त्रियुगा, अमहा, टेंगा, गंगाजली लगायत नदिको पानी पस्दा सप्तकोशी नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का करिव १ सय घर डुवानमा परेको नगरप्रमुख उतम गौतमले जानकारी दिएका छन ।
उक्त नदिको उच्च बहावले सिद्विपुर र सखुवानीमा रहेको तटबन्ध कटान गरिरहेको नगरप्रमुख गौतमले बताए । यस्तै सप्तरीको डाक्नेश्वरी ६ स्थित खडग खोलामा आएको बाढीले कटैया स्थित तटबन्धमा कटान सुरू गरिसकेको छ ।
दजनौं घर डुवानमा
लगातारको बर्षाका कारण जिता नदीको बाध भत्किदा राजविराज नगरपालिका वडा न. १० कदमाहा टोलका दर्जनौं घर डुबानमा परेको छ ।
महुलीस्थित जिता नदीमा अचानक पानीको सतह बढेपछि बाँध फुट्दा कदमाहा टोलका ती घर डुबानमा परेको हो ।
सोमबार बिहान केही बेर वर्षा भएपछि अचानक टोलमा पानी पसेको र स्थानियको घरमा ३÷४ फिटसम्म पानी जम्मा भएको स्थानिय राजेन्द्र यादवले जानकारी दिएका छन् ।
यता वडाअध्यक्ष सुशिल दासले डुवानमा परेका मध्येबाट २५ परिवार पूर्ण रुपमा डुबानमा परेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ