News Category 2078/03/21
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप
दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ रम्पुरा की एक २८ बर्षिया महिलाले नातामा पर्ने देवरले आफूमाथी बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् ।
सोमबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती महिलाले पति बैदेशिक रोजगारमा बाहिर रहेको मौका छोप्दै देवरले आफुमाथि बलत्कारको प्रयास गरेको आरोप लगाइन् ।
स्थानिय राजकुमारी यादबले नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षिय सूर्य नारायण यादबले शनिवार राती बलात्कारको प्रयास गरेको बताइन् । यस बारे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिदा कुनै सुनवाई नभएको जानकारी दिइन् ।
आरोपीत ब्यक्ती जनप्रतिनिधिका छोरा रहेकाले उनलाई जोगाउन जनप्रतिनिधि आफै लागिपरेकोले अहिलेसम्म पक्राउ पर्न नसक्दा न्यायका लागि संचारकर्मीमाँझ आउनु परेको उनको भनाई छ ।
शनिबार राती सुतिरहेका बेला ढोका फोडेर एक्कासी भित्र पसेर यादबले लछारपछार गर्दै जवरजस्तीकरणी गर्न खोजेको उनले बताइन् । सो क्रममा आफुले चिच्याउन थालेपछि अर्काे कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू उठेपछि उनी फरार भएको राजकुमारीको भनाई छ ।
त्यस्तै पत्रकार सम्मेलनमो पीडित महिलाका बुबा शिवनारायणले छोरी सासू ससुराबाट समेत असुरक्षित रहेको भन्दै घरमा सुरक्षित साथ बस्ने बातावरणका लागि सहयोग गरि दिन आग्रह गरे ।
यता आरोपित सुर्य नारायण यादबले भाउजू राजकुमारीले लगाएको आरोप निराधार र आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले पीडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न त्यसतर्फ एक टोली खटाईसकिएको बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ