News Category 2078/03/23
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तरीका बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजविराजमा मंगलबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।
लामो समयदेखी जग्गा विवादका कारण निर्माण हुनेमा शंका व्यक्त गरिँदा मंगलबार प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात् अब स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमै बन्ने निश्चित समेत भएको छ ।
आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको सुधार, रुपनीदेखी दक्षिणतर्फको फोर लाइन सडक तथा जिल्लाको कृषिमा आधुनिकीकरणका लागि समेत सरकारले काम गरिरहेको जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले शिलान्यास मन्तव्यकै क्रममा जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन आग्रह समेत गर्नुभयो ।
यता प्रधामन्त्रीले त्यसको शिलान्यास समेत गर्दा अहिले जिल्लामा खुशीयाली छाएको छ ।
प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको जानकारी दिनुभयो ।
२०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार राजविराज नगरपालिकाले वडा नं. १० दिघवास्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि जग्गा विवाद उत्पन्न भई प्रतिष्ठान निर्माण अन्यौलमा परेको थियो ।
यसैबीच जनता समाजवादी पार्टीको तर्फबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका लक्ष्मणलाल कर्णले पद वहाली गरे लगत्तै उक्त जग्गा प्रतिष्ठानको नाममा स्वीकृत गरेपछि प्रतिष्ठान निर्माणको बाटो सहज भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ