News Category 2078/03/25

नुहाउने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ असार । 
    सप्तरीको रुपनी गाउँपालिकामा मोटर जडित चापाकलमा नुहाउने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । 
    सो गाउँपालिका वडा नं. २ पिप्राही स्थितमा बौवालाल साहले आफ्नै घरमा पानी तान्ने चापाकलमा मोटर जडान गरी नुहाई रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    करेन्ट लागेर बेहोस भएका साहलाई उपचारका लागी युनिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट