News Category 2078/03/25
अज्ञात रोगका कारण एक महिलाको मृत्यु, आधा दर्जन बढी बिरामी
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरीमा अज्ञात रोगबाट एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी व्यक्ति बिरामी परेका छन् ।
सो रोगबाट मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका २ चकली निवासी ४० वर्षीया सितादेवी रजक रहेकी छिन् । उनको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । उनलाई बिहिवार साँझ वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार उनलाई फुड प्वाइजनका कारण मृत्यु भएको हुन सक्ने बताए । यस्तै उनीसँगै लक्षण देखिएर २२ वर्षीय सन्दिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक विरामी भएका छन् ।
यसैगरी ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा पनि विरामी परेको निमित्त प्रमुख यादवले बताए ।
त्यस्ता लक्षण देखिएको स्थानमा स्थानीय स्वास्थ्यकर्मीहरुको टोली पठाइसकेका स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
यता विरामीमध्ये तीन जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ९ख्स्उपचार भइरहेको छ भने चार जनालाई थप उपचारको लागि धरान रिफर गरिएको अस्पतालका प्रमुख डा. रन्जित कुमार झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ