News Category 2078/03/25

शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना

दैनिक समाचारदाता

शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
    शिक्षण पेशा तथा अधिकार सम्बन्धी ३४ बुँदे माग राख्दै शुक्रबार नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीको कार्यालय राजविराजमा तीन घण्टा धर्ना दिएको छ । 
    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तरगत शुक्रबार बिहान १० देखी १ बजेसम्म धर्ना दिएको जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादवले जानकारी दिएका छन् । 
    शिक्षकहरुको माँग प्रति नेपाल सरकार उदासिन रहेको भन्दै बाध्य भई आन्दोलनमा उत्रनु परेको उनको भनाई थियो । शिक्षाको समुचित विकास, शिक्षाकर्मीको पेशागत उन्नयन, हकहित र सुरक्षा, देशमा एकैखाले शिक्षा नीति, बाल शिक्षकको पेशा संरक्षण, गुणस्तरिय शिक्षा प्रणालीको प्रत्याभूती तथा पेशागत अधिकार सम्बन्धी ३४ बुँदे माग अघि सारिएको छ । 
    यसैबीच संयोजक यादवले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डललाई ३४ बुँदे मागसहितको पत्र बुझाएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट