News Category 2078/03/27
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
बिपन्न गरिव समुदायका सुनौलो हजार दिनका महिलाहरूलाई दुई दिने एकीकृत तालिम सम्पन्न भएको छ ।
राजबिराज नगरपालिका कार्यालयको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरका वडा नम्वर १, ७ र ८ मा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन तालिमको आयोजना गरिएको हो ।
गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
उक्त तालिममा सुनौलो हजार दिन महिलाहरूलाई शिशु स्याहार सँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी, र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।
सो तालिममा राजबिराज नगरपालिका पशु बिकास शाखा, स्वास्थ शाखा, कृषि शाखा, खानेपानी सरसफाई शाखा, महिला बिकास शाखा, शिक्षा शाखा लगायत का ७ वटै शाखाका प्रमुखहरूले सुनौलो हजार महिलाहरूलाई बानी व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन का तालिमको आयोजना गरिएको राजबिराज नगरपालिकाका प्रशासन प्रमुख मनोज यादब बताए ।
राजबिराज नगरपालीकका प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा, शिक्षा शाखा भोगेन्द्र यादब, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, पशु बिकास शाखा प्रमुख परमेश्वर यादब, कृषि बिकास अधिकृत हरिनारायण यादब, महिला बिकास शाखा अधिकृत अनिता चौधरी लगायतले तालिमको सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ