News Category 2078/03/27
स्थानिय र उपभोक्त समितिबीच विवाद हुँदा बाटो निर्माण काम रोकियो
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीको महादेवा गाउँपालिकामा स्थानिय र उपभोक्त समितिबीच विवाद हुँदा बाटो निर्माणको काम रोकिएको छ ।
सो गाउँपालिका १ पकरीमा हिलाम्मे बाटो रहेकोले सो बाटोमा ग्राभेल खसाल्न स्थानियले माग गर्दा उपभोक्ता समितिले नमानेका कारण सो विवाद भएको हो ।
उपभोक्ता समितिले चन्द्र नहरको डिलमा ग्राभेल खसाल्न खोज्दा स्थानीयले टोलमा रहेको हिलाम्मे बाटोमा ग्राभेल खसाल्नु पर्ने अडान राख्दा दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
स्थानिय र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद पश्चात् झडपको अवस्था सृजना भएपछि हाललाई काम स्थगित गरिएको छ । झडपको अवस्था सृजना भएपछि पुगेको प्रहरी टोलीको हस्तक्षेपका कारण स्थिती समान्य पारिएको थियो ।
उपभोक्ता समितिका पदाधिकारी र स्थानीय टोलवासी बीच सहमति नभएसम्मका लागि काम समेत रोकाइएको प्रहरीले जनाएको छ ।
यता गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको २०७७÷७८ को बजेटबाट चन्द्र नहरको डिलमा ग्राभेल हाल्नु पर्ने भएकोले सोही अनुसार उपभोक्ता समितिले काम गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ