News Category 2078/03/29
सप्तरी काँग्रेस सभापतीको दौडमा आधा दर्जन बढी आकांक्षी
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
नेपाली काँग्रेसको अधिवेशन नजिकिदै जादा सप्तरीमा सभापती बन्ने आकाँक्षी आधा दर्जन भन्दा बढी देखिएका छन् ।
झण्डै १८ हजार क्रियाशील सदस्य रहेको जिल्लामा काँग्रेस भित्र चर्केको क्रियाशिल सदस्यता विवाद समाधान तर्फ लाग्दै गएपछि चुनावी गतिविधी तिब्र बनेको हो । जिल्लामा सभापती चयन गर्नका लागी क्रियाशिल सदस्य नै मतदाता रहने प्रावधान छ ।
काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनका अनुसार साउन १२ मा वडा, साउन १६ मा गाउँ र नगर, साउन २० मा प्रदेश क्षेत्र, साउन २३ मा प्रतिनिधी सभा क्षेत्र र साउन २६ मा जिल्ला अधिवेशन हुँदैछ ।
सभापती पदका लागी दावेदारी गर्दै सक्रियता बढाउनेहरुमा देउवा निकट मानिएका शत्रुघन प्रसाद यादव, निर्मला कुमारी यादव, राम प्रसाद मण्डल र फत्तेह मोहमद छन् ।
यस्तै पौडेल निकट मानिएका रामदेव साह, नारायण प्रसाद चौधरी र बद्री माहात्मान पनि सभापती पदको दाबेदार हुन् । वर्तमान कार्य समितीका निर्वाचित सचिव रामकुमार यादव पनि सभापति पदको दौडमा सामेल भएका छन् । दूइृ पटक क्षेत्रिय सभापती समेत भई सकेका उनले देउवा र पौडेल दुबै बरिष्ठ नेता प्रति उत्तिकै सम्मान रहेकाले दुबै पक्षको सहयोग आपुृmलाई प्राप्त हुने दाबी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
अघिल्लो निर्वाचनमा वर्तमान सभापती दिनेश कुमार यादवसंग एक सय चार मतले पराजित भएका पौडेल निकट मानिएका अर्का दावेदार रामदेव साहले भने यस पटक आपुृmले जित्नेमा विश्वस्त रहेको बताए ।
त्यस्तै सभापती पदका दाबेदार बद्रि महात्मानले पाँच पटक लगायतार क्षेत्रिय सभापती पदमा निर्वाचित भइ संगठनका लागी काम गरेको भन्दै यस पल्ट जिल्लाको नेतृत्व गर्ने अवसर आफुलाइृ प्राप्त हुने विश्वास ब्यक्त गरे ।
काँग्रेसको तर्फबाट सप्तरीको एक मात्र प्रतिनिधी सभा ४ नम्बर क्षेत्रबाट निर्वाचित साँसद तेजुलाल चौधरीले आपुृm केन्द्रिय समितीको पदाधीकारीमा लड्ने तयारीमा रहेको बताउदै जिल्लामा पौडेल पक्षका उम्मेदवारलाई आप्mनो समर्थन रहने बताए ।
देउवा निकट मानिएका काँगे्रसका वर्तमान सभापती दिनेश कुमार यादव लगातार दुई पटक सभापती भईसकेकाले विधान अनुसार यस पटक लड्न पाउने छैनन् । तर, उनको भुमिका भने महत्वपुर्ण हुने काँग्रेस कार्यकर्ता माँझ अडकलबाजी गर्न थालिएको छ । सभापती यादवले अधिवेशन तयारीका लागी प्रत्येक वडा, पालिका र क्षेत्रमा तयारी थालिएको बताए । निर्वाचनमा सकेसम्म सर्वसम्मती र सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ