News Category 2078/03/30
कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्रि
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
महुली सामुदायिक विकास केन्द्रले सप्तरीको तीन पालिकास्थित आइसोलेशन केन्द्रलाई कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु बितरण गरेको छ ।
बिएमजेड/भिसिए/डब्लुएचएचको आर्थिक सहयोग तथा संस्थाद्वारा संचालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सवलिकरण परियोजना अन्तरगत कोभिड १९ को रोकथाम तथा उपकारका लागि ती पालिकाद्वारा संचालित आइसोलेश सेन्टर तथा कोभिड १९ प्रभावितहरुका लागि स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको संस्थाका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिएका छन् ।
यसैबीच संस्थाले मंगलबार जिल्लाको राजगढ गाउँपालिकामा कोभिड १९ प्रभावित व्यक्तिहरु, बाढी प्रभावित परिवार तथा पूर्ण सरसफाई उन्मुख नमूना बस्तिहरुमा उपयोग गर्नका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सेनिटाइजर, अक्सिमिटर, थर्मल गण, डस्टबिन, फिनेल, प्लास्टिक ब्याग, ट्वाइलेट ब्रस, साबुन, हेन्डवास, टुट ब्रस, पेस्ट, नेल कटर, हाइजिनिक किट्स लगायत ३ लाख २१ हजार ५ सय १३ मुल्य बराबरको १८ वटा स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरेको छ ।
आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गाउँपालिका प्रमुख परमानन्द यादवलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरे । सो अवसरमा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेश बहादुर साहलगायत गाउँपालिकाका, स्वास्थ्य चौकीका कर्मचारी तथा आयोजित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले जिल्लाको विष्णुपुर गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य तथा व्यक्तिगत सामाग्रि हस्तान्तरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ