News Category 2078/03/30
कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्रि
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
महुली सामुदायिक विकास केन्द्रले सप्तरीको तीन पालिकास्थित आइसोलेशन केन्द्रलाई कोभिड १९ को रोकथाम तथा उपचारका लागि स्वास्थ्य तथा व्यक्तिगत स्वच्छता सामाग्रिहरु बितरण गरेको छ ।
बिएमजेड/भिसिए/डब्लुएचएचको आर्थिक सहयोग तथा संस्थाद्वारा संचालित सप्तरी जिल्लाको सामाजिक परिवर्तनका लागि खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सवलिकरण परियोजना अन्तरगत कोभिड १९ को रोकथाम तथा उपकारका लागि ती पालिकाद्वारा संचालित आइसोलेश सेन्टर तथा कोभिड १९ प्रभावितहरुका लागि स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको संस्थाका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिएका छन् ।
यसैबीच संस्थाले मंगलबार जिल्लाको राजगढ गाउँपालिकामा कोभिड १९ प्रभावित व्यक्तिहरु, बाढी प्रभावित परिवार तथा पूर्ण सरसफाई उन्मुख नमूना बस्तिहरुमा उपयोग गर्नका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सेनिटाइजर, अक्सिमिटर, थर्मल गण, डस्टबिन, फिनेल, प्लास्टिक ब्याग, ट्वाइलेट ब्रस, साबुन, हेन्डवास, टुट ब्रस, पेस्ट, नेल कटर, हाइजिनिक किट्स लगायत ३ लाख २१ हजार ५ सय १३ मुल्य बराबरको १८ वटा स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरेको छ ।
आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गाउँपालिका प्रमुख परमानन्द यादवलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरे । सो अवसरमा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेश बहादुर साहलगायत गाउँपालिकाका, स्वास्थ्य चौकीका कर्मचारी तथा आयोजित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले जिल्लाको विष्णुपुर गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य तथा व्यक्तिगत सामाग्रि हस्तान्तरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ