News Category 2078/03/30
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको रूपनी गाउपालिका वडा नं. ५ बसबिटीमा बालबिकास केन्द्र बालवालिकालाई खाद्यान्न सामग्री बितरण गरिएको छ ।
सबल नेपालको आयोजनामा तथा डब्लुएचएच÷प्mलाई एण्ड हेल्प÷आईडाको आर्थिक सहयोगमा मुक्तेश्वरनाथ प्राथमिक बिद्यालय बसबिटीका २५ जना वालवालिकालाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको हो ।
अति बिपन्न समुदायका बालवालिकालाई लक्षित गरि सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य (ईसिडी) अन्तर्गत सो निर्माणमा बचेका रकमबाट बालवालिकालाई खाधान्न उपलब्ध गराएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताएका छन् ।
बितरण गरिएको खाद्यान्न सामग्रीमा चामल ३० केजी, दाल २ केजी, तेल २ लिटर, चिनी २ केजी र नुन दुई केजी, नुहाउनु साबुन २ वटाप्रति बिधार्थीलाई ३ हजार ९५ रूपैया बराबरको दरले उपलब्ध गराएको साहले जानकारी दिए ।
यसैगरी रूपनी गाउपालिका २ स्थित आर्दश सरस्वती प्राथमिक बिद्यालय लौवापार बालबिकास केन्द्रका ४२ जना बालवालिकाहरूलाई खाद्यान्न सामग्री प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
दुबै बालबिकास केन्द्र ६७ जना बालवालिकालाई २ लाख ७ हजार ३ सय ६५ रूपैया बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
सबल नेपालले रूपनी गाउपालिका वडा नं. ५ र २ मा बालवालिकालाई अध्ययन अध्यापन गर्न कठिनाई भईरहेको अबस्थामा बालवबिकास केन्द्र भवन निर्माण कार्यले बालवालिकालाई अध्ययन गर्न सहज हुने वडा अध्यक्ष जगदिश दासले बताए ।
रूपनी गाउपालिका अध्यक्ष हरेराम यादबको अध्यक्षतामा आयोजित खाद्यान्न बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान उपनिर्देशक नरेश कुमार साह, सबल नेपालका अध्यक्ष जुना गिरी, डब्लुएचएचका ईन्जिनियर कमल चापागाई, शिक्षा संयोजक श्याम यादब, गाउँपालिकाका वास संयोजक मिथिलेश यादब, सबल नेपालका कार्यक्रम संयोजक रबिकान्त देव, सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ