News Category 2078/04/05
हत्याका पाँच फरारआरोपित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
दुई पक्षबीच भएको कुटपिटका क्रममा एकको मृत्यु भएपछि घटनामा संलग्न रहेका पाँच जना फरार आरोपिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको खडक नगरपालिका ९ बस्ने ३२ वर्षिय नजबुल मियाँ, ५५ वर्षिय मो. कालिस मियाँ, ६० वर्षिय रफुवा मियाँ, ४२ वर्षिय इजराइल मियाँ र ३२ वर्षिय मो. जाकिर छन् ।
उनीहरुलाई जिल्लाकै बोदेबरसाइन नगरपालिका ९ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर प्रसाद साह, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बिरेन्द्र पासवान र इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी नायब निरिक्षक सागिर राइनको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाउद एक म्यानपावर कम्पनिका लागि बैदेशिक रोजगारीमा पठाउने एजेन्टको काम गर्दै आएका थिए । भने अनुसारको काम नपाएको तथा विदेशमा आफन्त विचल्लीमा परेको भन्दै कुटपिट गर्दा दाउदको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार गत असार २४ गते राती १० बजेतिर आरोपितहरुले लाठी, फटालगायतका घरेलु हतियारले आक्रमण गरि दाउदलाई घाइते बनाई फरार भएका थिए । सोही राती उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यता पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ